मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौं सुरु

बिहीबार, २२ मङ्सिर २०७९, १० : १०
बिहीबार, २२ मङ्सिर २०७९

जनमत पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । विहीबार विहान १० बजेबाट काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमतले पहिलो पटक काठमाडौंमा केन्द्रीय कमिटी बैठक राखेको छ । २०७५ चैतमा बनेको जनमत पार्टीको केन्द्रीय समिति बैठक यसअघि जनकपुरमा बस्दै आएको थियो ।

प्रत्यक्षमा १ र समानुपातिकमा ५ सिट पाएको जनमतको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने छ । जनमतका अध्यक्ष सिके राउतले सप्तरी १ बाट निर्वाचित भएका थिए भने समानुपातिक ५ जनाको नाम केन्द्रीय समिति बैठकले टुंग्याएर निर्वाचन आयोगलाई बुझाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप