बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भैरहवामा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

बिहीबार, २२ मङ्सिर २०७९, ०९ : २९
बिहीबार, २२ मङ्सिर २०७९

भैरहवाका फुटपाथमा जथाभाबी सडक अतिक्रमण गरी बनाएका संरचना शिद्धार्थनगर नगरपालिकाले हटाउन सुरु गरेको छ । फुटपाथमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । 

पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन् । ‘फुटपाथ अतिक्रमण गरेकालाई पहिलो पटकका लागि सचेत गराउँदैछौँ,’ सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले भने, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणमा लिने गरेका छौँ ।’

विशेषगरी व्यवसायीले बजार क्षेत्रको सडक फुटपाथ अतिक्रमण गरेका छन् । नगर प्रहरीले अतिक्रमण गरेर राखिएको सामग्री नगरपालिकाको कार्यालय ल्याउने गरेका छन् । नगरपालिकाको कार्यालयमा आएको सामग्री व्यवसायीले लिन आएको खण्डमा व्यवसाय दर्ता, बहाल कर, व्यवसाय नवीकरण गरे, नगरेको समेत पहिचान गर्ने गरिएको छ ।

‘नियन्त्रणमा लिएको सामग्री व्यवसायीले लिन आएको अवस्थामा सम्बन्धित व्यवसायको कागजी विवरण समेत क्रस चेक गर्ने गरेका छौँ,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘यदि कैफियत देखिएको अवस्थामा कानुन बमोजिम प्रक्रियामा लग्ने गरेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप