शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दश वर्षपछि भेरी पुलको ठेक्का तोडियो

बिहीबार, २२ मङ्सिर २०७९, ०७ : ०५
बिहीबार, २२ मङ्सिर २०७९

पुष्पलाल (मध्यपहाडी) योजनाअर्न्तगत जाजरकोट रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको छ । जाजरकोटको
भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसक्दा ठेक्का तोडिएको हो ।

चौरजहारी जगतीपुर सडक योजनाअन्तर्गत महत्वाकांक्षी रूपमा लिइएको भेरी नदीमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्राचार गर्दासमेत पुलको प्रगति नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ ।

पुल समयमा नबन्दा पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै रुकुमपश्चिम जान सल्लीवजार जानुपर्ने बाध्यता छ । समयमा पुल निर्माण भए राजमार्ग हुँदै रुकुम पुग्न सहज हुने थियो । पुल निर्माण नहुँदा रुकुम पुग्न धेरै लामो घुम्नुपर्छ । रुकुम पुन र चौरजहारी र जगतीपुरको विकासमा समेत पुल नहुँदा बाधा खडा भएको स्थानीय बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप