शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटामा बेपत्ता युवक मृत फेला

बुधबार, २१ मङ्सिर २०७९, २२ : १५
बुधबार, २१ मङ्सिर २०७९

धनकुटाको महालक्ष्मी नगरपालिका(५ माझी गाउँका २४ वर्षीय अनिष माझी बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । घरभन्दा करिब एक किलोमिटर दूरीमा पर्ने स्थानीय रुद्रबहादुर भण्डारीको बारीमा माझीको शव फेला परेको प्रहरीले जनाएको छ ।

केही दिनदेखि बेपत्ता रहेका माझीको शव सडेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप