शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्ण खोप सुनिश्चितता घोषणामा खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो

बुधबार, २१ मङ्सिर २०७९, २२ : ०५
बुधबार, २१ मङ्सिर २०७९

हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले पाँचवटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो ।

गाउँपालिकाभरिका खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएपछि गाउँपालिकाले धेरै तह पार गर्दै बुधबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए ।
गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा पत्रकार महासङ्घ हुम्लाका अध्यक्ष राजन रावतले आगामी दिनमा खार्पुनाथका बालबालिकाले खोप लगाउनबाट वञ्चित भएको सञ्चारकर्मीले समाचार लेख्नु नपरोस् भन्ने आग्रह गरे । सो गाउँपालिकाले २३ महिनाभन्दा मुनिका बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप