साझा पुरस्कार– २०७८ प्राध्यापक नीलमणि ढुङ्गानालाई

साझा पुरस्कार–२०७८ व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोषका सृजनाकार प्राध्यापक नीलमणि ढुङ्गानालाई प्रदान गरिएको छ । साझा प्रकाशन स्थापना दिवसका अवसरमा आयोजित साझा पुरस्कार अर्पण समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले उनलाई पुरस्कृत गरेका हुन् । साझा प्रकाशनले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिका आधारमा कृति सृजनाकारलाई पुरस्कृत गर्दै आएको छ ।
त्यस्तै समारोहमा कृतिसमेत विमोचन गरिएको छ । समारोहमा मन्त्रालयका सचिव डा.रेग्मीले श्रीबाबु कार्कीद्वारा लिखित ‘संदिग्ध शताब्दी’ र डा.दामोदर पुडासैनी ‘किशोर’ द्वारा लिखित ‘डोल्पो ओ डोल्पो’ निबन्ध सङ्ग्रह विमोचन गरेका हुन् ।
कार्यक्रममा सचिव डा.रेग्मीले साहित्य सृजना गर्ने लेखकले पुस्तक प्रकाशन गरेर ज्यादै दुःख पाउनुपरेको बताए । “लेखकले पुस्तक आफूले लेखेका रचनालाई पुस्तकका रूपमा उतार्न ज्यादै कठिन छ, त्यसपछि प्रकाशन चहारेर प्रकाशन गराउन अर्को कठिनाइ छ, बल्ल प्रकाशन भएर बजार गयो, बिक्री भएर पछि पारिश्रमिक पाउन कठिन छ”, उनले भने, “यस्ता समस्यालाई समाधान गर्न हामी लागि पर्नेछौँ, साझा प्रकाशन सबै लेखकलाई आश्रय दिने थलो हुनेछ । यस क्षेत्रमा काम गर्न साझालाई मेरो सहयोग रहनेछ ।”
पुरस्कृत व्यक्तित्व प्राध्यापक ढुङ्गानाले पुरस्कारको लोभमा नभई पूर्वीय वाङ्मयको जानकारी दिन किताब लेखेको बताए । “पुरस्कार पाउँछु भन्ने लोभमा किताब निकालेको हैन, पढाउने क्रममा पूर्वीय वाङ्मयको जानकारी दिने खालका उपयुक्त किताबहरू आवश्यक छ भन्ने लाग्यो, त्यसक्रममा पाठकको मानसिकताअनुसार किताब लेख्ने विचार आयो, धेरै मेहनत गरेर किताब निकाल्न सफल भएँ”, उनले भने, “एक वर्ष नपुग्दै मेरो कृति चर्चामा पुग्न सफल भयो, पुरस्कारका लागि योग्य ठान्नु भो, यसका लागि कृतज्ञता व्यक्त गर्दछु ।”
प्रा डा माधवप्रसाद पोखरेलले नयाँनयाँ प्रविधिको सुविधाले लेख्ने, पढ्ने र सृजना गर्ने संस्कृति हराएकामा चिन्ता व्यक्त गरे। “प्रविधिले अहिलेको पुस्तामा सृजना गर्ने शक्ति हराएको छ”, प्राडा पोखरेलले भने ।
साझा प्रकाशनका अध्यक्ष विजय सुब्बाले विगतमा साझा प्रकाशन नबुझ्ने मान्छेलाई महाप्रबन्धक र अध्यक्ष बनाइएका कारण साझा प्रकाशन सङ्कटकालीन अवस्थामा आएको बताए ।
“साझा प्रकाशन नबुझ्ने मान्छेलाई महाप्रबन्धक र अध्यक्ष बनाउने मन्त्री र मन्त्रालयका कारण यो अवस्था आइपुगेको हो”, अध्यक्ष सुब्बाले भने, “साझा नबुझ्ने मन्त्री र सचिव मात्रै हैन । साझालाई बिगार्न साथ दिने कर्मचारी पनि रहेकाले अहिले पनि समस्यामा रहेको छ । यसलाई सुधार्न हामी लागिपरेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै