शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो एक दिवसीयमा भारतलाई ५ रनले हराउँदै  बंगलादेशलाई शृङ्खला

बुधबार, २१ मङ्सिर २०७९, २१ : ३३
बुधबार, २१ मङ्सिर २०७९

भारत र बंगलादेशबीचको मिरपुरमा भएको रोमाञ्चक खेलमा बंगलादेशले भारतलाई ५ रनले पराजित गरेको छ । बंगलादेशले दिएको २७१ रनको लक्ष्य पछ्याएको यस खेलमा भारतले २६६ रन मात्रै बनाउन सक्यो । भारतको सुरुवात खराब रह्यो, विराट कोहलीले दोस्रो ओभरमा ५ रनको व्यक्तिगत स्कोरमा आफ्नो विकेट गुमाए । त्यसपछि तेस्रो ओभरमा ८ रनको व्यक्तिगत स्कोरमा शिखर धवन प्याभिलियन फर्किए ।

रोहित शर्माले अन्तिम दुई ओभरमा उत्कृष्ट ब्याटिङ गरे पनि जित हात पार्न सकेनन् । उनले अविजित ५१ रन बनाए । भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ८२ रन बनाए । अक्षर पटेलले ५६ रन बनाए पनि दुवैको राम्रो इनिङ्सले पनि भारतलाई जित दिलाउन सकेन ।

यसअघि बंगलादेशका लागि मेहदी हसन मिराजले शतक र महमुदुल्लाहले ७७ रन बनाएका थिए । भारतका लागि वासिङ्टन सुन्दरले ३ तथा मोहम्मद सिराज र उमरान मलिकले २–२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप