शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१४ हजार पठाउँदा तामाङले पाए १० लाख उपहार

बुधबार, २१ मङ्सिर २०७९, २० : ०७
बुधबार, २१ मङ्सिर २०७९

आईएमईले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ बन्न सफल भएका हुन् । मलेसियाबाट आईएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरे ।

बुधबार काठमाडौँ पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आईएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्धतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप