तिलोत्तमा मेलामा कुस्ती प्रतियोगिता सुरु

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा बुधबारदेखि कुस्ती प्रतियोगिता सुरु भएको छ । महोत्सवमा बुधबार मात्र पाँच जोडी पहमानहरु लडेका छन् । कुस्ती प्रतियोगिता मङ्सिर २३ गतेसम्म चल्नेछ । कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी कुल २१ जना पहलमानले भाग लिएका छन् ।
यसैबीच बुधबार चर्चित गायक गायिका खुमन अधिकारी, उज्ज्वल गिरी, मञ्जु भट्टराई, श्रीधर अधिकारी, विनोद विष्ट तथा सोनी डान्स ग्रुपका कलाकारले भरपुर मनोरञ्जन दिलाएको मेला मूल आयोजक समिति संयोजक प्रेम जीएमले जानकारी दिए ।
मेलामा बनाइएका सेल्फीजोनमा दर्शकको आकर्षण बढ्दै गएको सहआयोजक तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालले बताए । त्यस्तै मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगितामा पनि चलिरहेको उनले बताए ।
तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा गत बिहीबारदेखि सुरु भएको मेलामा मंगलबार पनि दर्शक उपभोक्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले बताएका छन् । मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्स र उद्योग वाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरू सहभागी रहेको स्टल व्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए । मेला मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो