बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टोखाको मनोहर माविका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप

बुधबार, २१ मङ्सिर २०७९, १९ : १६
बुधबार, २१ मङ्सिर २०७९

काठमाडौँको टोखा नगरपालिका–१० स्थित मनोहर माविका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । प्रअ माधवप्रसाद भट्टराई विरुद्ध विद्यालयमा अध्ययनरत एक जना छात्राले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएकी छिन् ।

छात्राले उजुरी दिएपछि प्रअ भट्टराई फरार भएको वृत्त महाराजगञ्जका एक जना अधिकृतले रातोपाटीलाई बताए । छात्राले दिएर ‘बाल यौन दुर्व्यवहार’ विरुद्धको उजुरी प्रहरीले दर्ता गरेको छ । प्रधानाध्यापकको कोठामा भदौ ७ मा र त्यसभन्दा पहिले पनि ढोका लगाएर भट्टराईले छात्रको ढाड मुसार्ने, भित्री वस्त्रको लक खोलिदिने र यौन सम्पर्कबारे सोध्ने गरेको आरोप छ । प्रअलाई बालबालिका सम्बन्धी ऐन–०७५ को दफा ६६ अनुसार कारबाही गर्न माग गरिएको छ । फरार भट्टराईलाई प्रहरीले खोजिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप