नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य
आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिवियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ ।
नामिवियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्काको मद्दतमा ११९ रन बनाएका हुन् ।
त्यस्तै कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बनाए । लो हान्ड्रे लोउरेन्सले १४ रन बनाउँदा तथा डिभान ला कुक १८ रन जोडए ।
नेपालका ललित राजवंशीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे । त्यस्तै सागर ढकालले १ विकेट हात पारे । अहिले नेपाल जवाफी ब्याटिङ उत्रएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी