शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्युत् सर्ट भई आगलागी हुँदा १८ लाख बढीको क्षति

बुधबार, २१ मङ्सिर २०७९, १७ : ४८
बुधबार, २१ मङ्सिर २०७९

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ । विद्युत् सर्ट भई घरमा आगलागी भएको हो । आगलागीबाट रु चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताए ।

“बसको किस्ता तिर्नका लागि राखेको नगद रु चार लाख ५० हजार रकम घरमा आगलागी हुँदा जल्यो”, उनले भने– “गहनासहित लगाउने बिछ्याउने, ओढ्ने कपडा सबै जलेर नोक्सानी भएको छ ।” घरमा आगलागी भएको खबर पाएपछि स्थानीयवासीले नजिकैको खानेपानीको पाइपबाट पानी ल्याई आगो निभाएका छन् । 

महरा परिवारको घरमा आगलागी हुँदा निकै ठूलो क्षति भएको वडाध्यक्ष उत्तरदेव भट्टले बताए । घरमा आगलागी भई कति क्षति भयो भन्नेबारे प्रहरीले मुचुल्का तयार गर्ने कार्य भइरहेको उनले बताए । आगलागी भएको खबर पाइएपछि समयमै नियन्त्रण गरिँदा पूरै घर आगलागी हुनबाट जोगिएको उनको भनाइ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप