शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा तनाव हुँदा राणा निवास सुनसान (तस्बिरमा हेर्नुस्)

बुधबार, २१ मङ्सिर २०७९, ०६ : ००
बुधबार, २१ मङ्सिर २०७९

नयाँ निर्वाचन सम्पन्न भएर मत परिणाम आएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै संघीय संसदका महासचिव भरतराज पौडेलले दिएको क्लिन चिट विवादमा परेको छ ।

संसदको क्षेत्राधिकार मिचेर महासचिव पौडेलले राणालाई पत्र दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ । विभिन्न राजनीतिक दलका नेता, कानुन व्यवसायी, पूर्व न्यायाधीश लगायतले गौतमले संविधानको व्यवस्था नै उल्लंघन गरेर अनाधिकृत रुपमा जबरालाई पत्र दिएको बताएका छन् ।

संसद सचिवालयले जबरालाई क्लिन चिट दिएपछि जबरा आजै सर्वोच्च जाने तयारीमा रहेका थिए । तर जबरालाई सर्वोच्च छिर्न नदिन कानुन व्यवसायीहरूले सर्वोच्चमा बुधबार धर्ना दिएभने प्रधानन्यायाधीश राणाको सरकारी निवास बालुवाटारमा अरू बेलाजस्तै सुनसान देखिन्थ्यो । सचिवालयको पत्रपछि सर्वोच्चमा भीडभाड भए पनि प्रधानन्यायाधीश निवासमा भने सुनसान देखिएको हो । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप