मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षकद्वारा छात्रामाथि दुर्व्यवहार आरोप, आक्रोशित स्थानीयद्वारा प्रहरीमाथि ढुंगामुढा

बुधबार, २१ मङ्सिर २०७९, १६ : ०५
बुधबार, २१ मङ्सिर २०७९

रौतहटमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । यमुनामाई गाउँपालिका –४ मा रहेको श्री जनता माध्यमिक विद्यालयका  शिक्षक विजय सिंहले कक्षा ५ की छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको हो । सो विवादमा स्थानीय अभिभावक भेला भएर शिक्षक सिंहमाथि आक्रमणको प्रयास गरेका थिए ।

तनावको अवस्था भएपछि पुगेको प्रहरी टोली र स्थानीय बीच झडप भएको छ ।  सो क्रममा ढुंगामुढा प्रहारबाट आधा दर्जन प्रहरीलाई चोटपटक लागेको छ। जिल्ला प्रहरी रौतहटका प्रवक्ता डीएसपी उमाशंकर यादवले दुई जना प्रहरीलाई बढी र अन्यलाई सामान्य चोटपटक लागेको जानकारी दिँदै उनीहरूको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको बताए । प्रहरीले आरोपी शिक्षक सिंहलाई नियन्त्रणमा समेत लिएर थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप