शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘झिँगेदाउ’ को सिक्वेल बन्ने

बुधबार, २१ मङ्सिर २०७९, १६ : ०४
बुधबार, २१ मङ्सिर २०७९

पछिल्लो समय सिक्वेल फिल्म निर्माणको बाढी नै आएको छ । नयाँ नाममा बनेको फिल्म हिट हुन गाहे भएपछि निर्माताहरू सिक्वेलतिर आकर्षित भएका हुन् । ‘झिँगेदाउ’ को पनि सिक्वेल बन्ने भएको छ । करिब ४० वर्षअघिको नेपालको गाउँले परिवेशमा निर्माण भएको ‘झिँगेदाउ’ ले राम्रो व्यवसाय गरेको कारण यसका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाले यसको सिक्वेल बनाउन लागेको हुन् ।

निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको सिक्वेल निर्माणको तयारी सुरु भएको जानकारी दिए । ‘झिँगेदाउ’ जहाँ सकियो सिक्वेल त्यहीबाट सुरु हुने देउजाले बताए । फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखिरहेका छन् । फिल्ममा  ‘झिँगेदाउ २’ मा अघिल्लो पार्टका सबै मुख्य कलाकार दोहोर्याउने निर्देशक देउजाको योजना छ । 

‘झिँगेदाउ’ मा हिउँवाला गौतम, केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय रहेको थियो । ‘झिँगेदाउ’ मार्फत निर्देशक देउजा करिब ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप