चोलेन्द्रलाई सर्वोच्चमा छिर्न नदिन सर्कुलर
बुधबार, २१ मङ्सिर २०७९, १५ : ५१
निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्चमा प्रवेश अनुमति नदिन सर्कुलर गरिएको छ । प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयलाई प्रवेश अनुमति नदिन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
सर्वोच्च अदालतमा बसेको फूलकोर्ट बैठकको निर्णय र अन्य निकायसँगको समन्वयमा सर्वोच्च प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको बताइएको छ । अघिल्लो संसद्ले महाअभियोग प्रस्ताव टुङ्गो नलगाएको अवस्थामा संसद् सचिवालयले जबरालाई महाअभियोग ‘निस्प्रभावी’ भएको पत्र दिएको छ । बुधवार पत्र पाएका जबराले सर्वोच्चमा हाजिर हुने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल