चोलेन्द्रलाई ‘क्लिन चिट’ दिने संघीय संसदका महासचिवमाथि कारवाही हुन्छ : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संघीय संसदका महासचिव भरतराज गौतमले संविधानको गम्भीर उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग महासचिव गौतमले बुधबार निष्प्रभावी भएको भन्दै ‘क्लिन चिट’ दिएका थिए । पूर्वकानुनमन्त्री समेत रहेका नेता देव गुरुङले संसदको सार्वभौम अधिकार र गरेको निर्णयलाई एउटा कर्मचारीले निर्णयमा लैजान नसक्ने बताए ।
‘महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीशलाई दिएको पत्र संवैधानिक मान्यता विपरीत छ । संसदको क्षेत्राधिकारको पनि हनन भएको छ’, गुरुङले रातोपाटीसँग भने, ‘महाभियोगका बारेमा संविधानले किटानीका साथ प्रतिनिधि सभाले निर्णय गर्नुपर्ने भनेको छ ।’
उनले पुरानो प्रतिनिधि सभा नरहेको र नयाँ गठन भैनसकेको अवस्थामा महासचिवले जसरी पत्राचार गरेका छन् त्यो बेठीक मात्रै नभइ संविधानमाथिको ‘कु’ नै भएको बताएका छन् ।
‘त्यसैले यो प्रकरण संविधानमाथिको हमलाको श्रृंखलाकै एउटा कडी हो भन्ने पनि लाग्छ’, नेता गुरुङको भनाइ छ ।
साथै गुरुङले संविधानको उल्लंघन गरेकाले महासचिव गौतममाथि संसदले कारबाही गर्ने पनि बताए । ‘उहाँलाई संसदले नै कारबाही गर्छ । संविधान उल्लंघन गरेको अवस्थामा महासचिव गौतम कारबाहीको दायरामा ल्याउनै पर्छ’, गुरुङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म