चोलेन्द्रलाई ‘क्लिन चिट’ दिने संघीय संसदका महासचिवमाथि कारवाही हुन्छ : माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संघीय संसदका महासचिव भरतराज गौतमले संविधानको गम्भीर उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग महासचिव गौतमले बुधबार निष्प्रभावी भएको भन्दै ‘क्लिन चिट’ दिएका थिए । पूर्वकानुनमन्त्री समेत रहेका नेता देव गुरुङले संसदको सार्वभौम अधिकार र गरेको निर्णयलाई एउटा कर्मचारीले निर्णयमा लैजान नसक्ने बताए ।
‘महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीशलाई दिएको पत्र संवैधानिक मान्यता विपरीत छ । संसदको क्षेत्राधिकारको पनि हनन भएको छ’, गुरुङले रातोपाटीसँग भने, ‘महाभियोगका बारेमा संविधानले किटानीका साथ प्रतिनिधि सभाले निर्णय गर्नुपर्ने भनेको छ ।’
उनले पुरानो प्रतिनिधि सभा नरहेको र नयाँ गठन भैनसकेको अवस्थामा महासचिवले जसरी पत्राचार गरेका छन् त्यो बेठीक मात्रै नभइ संविधानमाथिको ‘कु’ नै भएको बताएका छन् ।
‘त्यसैले यो प्रकरण संविधानमाथिको हमलाको श्रृंखलाकै एउटा कडी हो भन्ने पनि लाग्छ’, नेता गुरुङको भनाइ छ ।
साथै गुरुङले संविधानको उल्लंघन गरेकाले महासचिव गौतममाथि संसदले कारबाही गर्ने पनि बताए । ‘उहाँलाई संसदले नै कारबाही गर्छ । संविधान उल्लंघन गरेको अवस्थामा महासचिव गौतम कारबाहीको दायरामा ल्याउनै पर्छ’, गुरुङको भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण