शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोकिएन नेप्सेको ओरालो यात्रा, थप १६ अङ्कले माइनस

बुधबार, २१ मङ्सिर २०७९, १५ : ४२
बुधबार, २१ मङ्सिर २०७९

लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक आज पनि घट्न पुगेको छ । सोमबार २४ अङ्कमाथिले घटेर मंगलबार ४ अङ्कमा रोकिएको नेप्से सूचक आज थप १६.६१ अङ्कले घट्दै १९१७.२८ मा ओर्लिएको छ । 

यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ७० करोड भन्दा बढीले वृद्धि हुँदै आज १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको भएको छ । अघिल्लो दिन ४ अङ्कले नेप्से घटेको बजारमा ९६ करोड ५२ लाख १० हजार रुपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको थियो । 

आज होटल तथा पर्यटन समूहको उपसूचक झिनो (०.०१ प्रतिशत) ले मात्र बढ्दै अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर धनीहरूले ६.०९ प्रतिशतले कमाएका छन् भने नेडप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप