शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

बुधबार, २१ मङ्सिर २०७९, १५ : ०३
बुधबार, २१ मङ्सिर २०७९

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् ।  २९ वर्पीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ वर्ष भन्दा बढी समयको अनुभव छ । 
खनाललाई एक समारोहका बीच नेपाल रेमिट इन्टरनेशनलका अध्यक्ष रितश मित्तलले स्वागत गरे ।  

आफ्नो पदभार ग्रहण गर्दै खनालले अहिले धेरै कुरा डिजिटलरुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिइने बताए । विगत १७ वर्षदेखि रेमिटेन्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनलले डिजिटल रेमिट्यान्स्मा अझै जोड दिँदै विश्वका विभिन्न कुनाबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप