शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

बुधबार, २१ मङ्सिर २०७९, १४ : २३
बुधबार, २१ मङ्सिर २०७९

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डिन आर थोम्पसनबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा नोपल र थोम्पसनबीच भेटवार्ता भएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले थोम्पसनलाई कार्यकाल सफलताको कामना गरेका थिए । दुवैबीच नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप