आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जबरा आउने भएपछि सर्वोच्चका न्यायाधीशहरू आन्तरिक छलफलमा

बुधबार, २१ मङ्सिर २०७९, ०४ : ००
बुधबार, २१ मङ्सिर २०७९

संघीय संसद् सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी रहेको पत्र पठाएसँगै सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । बुधबार अपराह्न १२ः३० बजेदेखि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको सर्वोच्च अदालत श्रोतले बतायो ।

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी भएको पत्र सर्वोच्च अदालतमा समेत आइपुगेपछि न्यायाधीशहरू अब कसरी अगाडि बढ्ने भनेर आन्तरिक छलफलमा जुटेका हुन् । औपचारिक छलफल नभए पनि उनीहरू फूलकोर्टमा रहेको कार्यसम्पादन गर्न दिने वा नदिने वा कसरी बढ्ने भन्ने सम्बन्धमा छलफल भइरहेको स्रोतले बतायो । 

महाभियोग निष्प्रभावी भएसँगै उनको निलम्बन समेत फुकुवा भएको छ र कार्य सम्पादन गर्न पाउने पत्रमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप