सानिमा बैंकद्वारा १८ वटा सुविधासहितको जेनेरेशन सानिमा सेभिङ खाता सञ्चालनमा
सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्ष भन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता भएको बैंकले जनाएको छ ।
शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ । साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्वा आवेदन, देशभरका भिसा नेटवर्क ए.टि.एम.मा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ ।
यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम÷छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५% छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८% छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८% छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८% छुट दिने व्यवस्था ल्याएको छ ।
यस खाताले युवा वर्गहरुबीच बचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १३० कार्यालय र १२३ वटा एटीएम संजालहरु संचालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
-
दीपक खड्का जोडिएको प्रकरणमा स्काउटले पठायो मन्त्रालयलाई जवाफ
-
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट
-
बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री