शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर छली मुद्दामा ट्रम्प अर्गनाइजेसन दोषी ठहर, राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्न सक्ने

बुधबार, २१ मङ्सिर २०७९, १३ : ००
बुधबार, २१ मङ्सिर २०७९

अमेरिकी पूर्वराष्टपति डोनाल्ड ट्रम्पको पारिवारिक घर जग्गा कम्पनी कर छलीमा दोषी ठहर भएको छ । न्युयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनले कर छली र अन्य आर्थिक अपराधमा दोषी ठहर गरेको हो । कम्पनीमाथि षडयन्त्र, झुट प्रतिवेदनलगायत १७ वटा अभियोग लगाइएको बीबीसीले जनाएको छ । 

ट्रम्प अर्गनाइजेसन पूर्वराष्ट्रपतिको पर्यायवाची हो ।  तर, ट्रम्प र उनको परिवारका सदस्यहरू व्यक्तिगत रूपमा सुनुवाइमा सहभागी भएनन् । फैसलामाथि पुनरावेदन गर्ने प्रतिबद्धता जनाउँदै ट्रम्पले आफू दुखित भएको बताए ।

कम्पनीलाई एक दशकभन्दा बढी समयसम्म अपारदर्शी ढंगले आफ्ना शीर्ष अधिकारीहरूलाई नाफा दिएको आरोप लगाइएको छ । कर समावेश नगरिएका मुनाफामा विलासी कार र निजी विद्यालयका शुल्क रहेको अभियोजनकर्ताले बताएका छन् ।

कम्पनीलाई करिब १६ लाख डलर जरिवाना लाग्न सक्ने अनुमान गरिएको छ । अर्गनाइजेसन दोषी ठहर भएसँगै सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप