महाभियोग निष्प्रभावी भएको पत्र लिए चोलेन्द्रले

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग निष्प्रभावी भएको पत्र बुझेका छन् । बुधबार संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको हो ।
संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार मंसिर २१ गते बुधबार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइएको छ । निलम्बित प्रधानन्यायाधीश जबरासमेत अन्य ५ वटा निकायलाई महाभियोग निष्प्रभावी भएको पत्र पठाइएको पाण्डेले रातोपाटीलाई बताए ।
उक्त पत्र बुझेसँगै निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् । रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्यायाधीश जबराले पत्र बुझिसकेको र सर्वोच्च अदालत जाने तयारीमा रहेको बताए । उनले भने, ‘मलाई संसद सचिवालयले महाभियोग निष्प्रभावी रहेको पत्र दिइसकेको छ । म सर्वोच्च अदालत जाने तयारीमा छु । ’
सर्वोच्च अदालत गएर कामकाज पनि गर्नुहुन्छ कि भन्ने रातोपाटीको प्रश्नमा जबराले भने, ‘हामी एक महिना अगाडिबाटै बेञ्चमा बस्दैनौ । अन्य प्रशासनिक काम पनि खासै गर्ने गरिएको छैन । म सर्वोच्च त जान्छु तर न्यायिक वा प्रशासनिक काम गर्ने सोच छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
-
समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसान निराश
-
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता
-
सी जिनपिङको उदाहरण दिँदै ओलीले भने– ७० वर्ष उमेरहद फेल खाइसक्यो
-
कोलम्बियाली राष्ट्रपति पदका उम्मेदवारमाथि गोली प्रहार
-
नेसन्स लिगको फाइनलअघि रोनाल्डोको प्रेरणादायी सन्देश