शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत उत्पादन

बुधबार, २१ मङ्सिर २०७९, १२ : २१
बुधबार, २१ मङ्सिर २०७९

तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मर्स्याङ्दी जलविद्युत आयोजनाले हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दै आएको छ ।   गत असोज महिनामा भएको अत्यधिक वर्षाका कारण नदीमा बढेको पानीको बहाव अहिलेसम्म पर्याप्त रहेकाले पूर्ण क्षमतामा  विद्युत उत्पादन भइरहेको हो ।

विगतका वर्षको यसै समयमा पानीको बहाव घट्दा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिए । यस आयोजनाको तीनवटा युनिटबाट २३ मेगावाटका दरले ६९ मेगावट विद्युत उत्पादन गरी वितरण हुँदै आएको उनले बताए ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पग्लेर  आउने भएकाले नदीमा पानीको बहावमा खासै कमी नहुने सो केन्द्रले जनाएको छ ।  सहायक नदी र खोलामा पानीको बहाव बढेसँगै विद्युत उत्पादन पनि बढ्ने गरेपनि हिउँद महिनामा कम विद्युत उत्पादन हुने गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप