मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा टिपरको ठक्करबाट डेढ वर्षीय बालक गम्भीर घाइते

बुधबार, २१ मङ्सिर २०७९, ११ : ५६
बुधबार, २१ मङ्सिर २०७९

पर्साको वीरगन्जमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका १४ स्थित टिपरको ठक्करबाट स्थानीय गोविन्द काफ्लेका डेढ वर्षीय छोरा गौरव घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते बालकलाई उपचारको लागि चितवन पठाइएको प्रहरीले बताएको छ । ना ३ ख ७४ २३ नम्बरको टिपरले हिजो बेलुकी ७ बजे बालकलाई ठक्कर दिएको थियो ।  

टिपर चालक फरार रहेकाले खोजी भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ  । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप