शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैतडीमा जिप दुर्घटना, चालकसहित ४ जना घाइते, २ जनाको अवस्था गम्भीर

बुधबार, २१ मङ्सिर २०७९, ११ : २२
बुधबार, २१ मङ्सिर २०७९

बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार  बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालकसहित ४ जना घाइते  भएका हुन् । घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर  गुरधामी, बझाङकै बुंगल नगरपालिका  वडा नं ९ का ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेको छ । उनले भने, ‘उपचारका लागि डडेल्धुरा लगिएको छ । उनीहरुको अवस्था गम्भीर छ । दुई जना सामान्य छन् ।’ घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।

बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै  गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया–६ दुदिलाखान  नजिकै दुर्घटना परेको  हो । जिप सडकबाट करिब सय मिटर तल खसेको हो । -न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप