खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज
सन् २०१८ मा विद्रोही पत्रकार जमाल खशोग्गीको हत्यामा कथित भूमिकाका लागि साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानविरुद्धको मुद्दालाई एक अमेरिकी न्यायाधीशले मंगलबार खारेज गरेका छन् ।
वासिङ्टनका संघीय न्यायाधीश जोन बेट्सले सेप्टेम्बरमा साउदी अरेबियाको प्रधानमन्त्री नियुक्त भएका युवराज मोहम्मदलाई विदेशी राष्ट्र प्रमुखको रूपमा अमेरिकी अदालतमा उन्मुक्ति प्राप्त भएको अमेरिकी सरकारको अडानलाई स्वीकार गरे ।
खशोग्गीकी विधवा ह्याटिस सेन्गिज र उनको कार्यकर्ता समूह डनद्वारा दायर गरिएको नागरिक मुद्दाले हत्याको पछाडि युवराज मोहम्मदको हात रहेको ‘बलिया’ र ‘महत्वपूर्ण’ तर्क गरेको बेट्सले बताए ।
तर उनले अमेरिकी सरकारको आधिकारिक अडानलाई अस्वीकार गर्ने आफूसँग कुनै शक्ति नभएको फैसला सुनाए । नोभेम्बर १७ मा अदालतमा पेस गरिएको औपचारिक बयानमा युवाराजलाई विदेशी नेताको रूपमा उन्मुक्ति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’