सिद्धार्थ बैंकको लाभांश घोषणा
बुधबार, २१ मङ्सिर २०७९, ११ : ०६
सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैँकले २०७८–०७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने बैँकले जनाएको छ । १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रूपैयाँ बैंकले हाल कायम चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।
बैंकले १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ नगद लाभांश अघिल्लो वर्ष वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा धर्ना सुरु (तस्बिरहरु)
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?