बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् रोनाल्डोको स्थानमा चम्किने पोर्चुगलका ह्याट्रिक हिरो ?

बुधबार, २१ मङ्सिर २०७९, ०९ : ३४
बुधबार, २१ मङ्सिर २०७९

मंगलबार राति स्वीटजरल्याण्डमाथि ६–१ को शानदार जीत हासिल गर्दा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा उत्रिएकाले तीन गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे । अहिले विश्वभर रामोशको चर्चा भइरहेको छ ।

रोचक कुरा, २१ वर्षीय रामोश पोर्चुगलको विश्वकप टोलीमा लिभरपुलका डिओगो जोटा घाइते भएर मात्र अटाएका हुन् । रामोशले समूह चरणको खेलमा बिरलै भाग लिए भने मंगलबारको खेल पोर्चुगलको लागि उनको मात्र चौथो खेल थियो । तर, उनले सो अवसरको भरपुर फाइदा उठाए ।

आफूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित नगरे पनि बेनफिकाको चर्चित यूथ सिस्टमबाट आएका रामोशलाई यसअघि नै राम्रो सम्भावना भएको खेलाडीको रुपमा भने गनिएको थियो । यो सिजन युवा खेलाडीले आफ्नो क्लबका लागि ११ खेलमा ९ गोल गरिकसकेका छन् । विश्वकप जस्तो ठुलो मञ्चमा उनको प्रदर्शनले अब उनलाई युरोपभर चर्चित बनाउने अपेक्षा गरिएको छ ।

यसअघि सन् २०१९ को अन्डर–१९ युरोपियन च्याम्पियनसीपमा उनी सर्वाधिक गोलकर्ता बनेका थिए । १२ वर्षको उमेरमा सन् २०१३ देखि बेनफिकामा रहेका उनलाई जहिले पनि उनको गोल गर्ने क्षमताका लागि चिनिँदै आएको छ । पोर्चुगल टोलीमा यति धेरै प्लेमेकरहरु रहँदा रामोशको क्षमता मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसका लागि ‘बोनस’ बन्ने देखिएको छ । 

अब पोर्चुगलले शनिबार क्वार्टरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मंगलबारको प्रदर्शनपछि रामोशले एसी मिलानका स्टार राफायल लियोलाई पनि पछि पार्दै सुरुवाती ११ मा आफ्नो स्थान पक्का गर्ने अपेक्षा गरिएको छ । 

–गोलडटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप