अमेरिकी द भ्वाइसको अन्तिम आठबाट परिजिता 'आउट'
![अमेरिकी द भ्वाइसको अन्तिम आठबाट परिजिता 'आउट'](https://rpcdn.ratopati.com/media/albums/pariji_3_2a7ENvo2pM.jpg)
नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट बाहिरिएकी छिन् । परिजिता बाँस्तोलाले गत सोमबार डिसेम्बर ५ का दिन सशक्त प्रस्तुति गरे पनि उनी सेमिफाइनलबाट आउट भएकी हुन् । आज भएको घोषणामा ८ जना मध्ये ४ जना बाहिरिएका थिए । बाहिरिएका सबैलाई एक चोटी गीत गाउने मौका दिइएको थियो ।
४ जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाइएको थियो । त्यस मध्ये सबै भन्दा ज्यादा मत ल्याउँदै एक जनालाई ५ औँ स्थानमा अवसर दिँदै अन्तिम ५ मा प्रतिस्पर्धामा सहभागी हुने मौका दिएको थियो ।
परिजिता ४ भित्र नपरे पछि उनले बेजोड प्रस्तुति गरेता पनि उनी फाइनलमा प्रवेश गर्न असफल भइन् । उनको यात्रा यही टुंगिएको छ । तर उनी मतमा हारेता पनि मनमा विजयी हासिल गरेकी छिन् । उनले सबैको मन जित्न सफल भएकी छिन् ।
गत सोमबार उनले अस्ट्रेलियाली गायिका तथा गीतकार सिया केट इजाबेल फर्लरको अनस्टपेवल गीत गाएकी थिइन् । अमेरिकी द भ्वाइसको २२ औँ संस्करणमा १७ वर्षीय परिजिता बाँस्तोला ८ प्रतिस्पर्धीहरुमा उनको प्रस्तुति उत्कृष्ट मध्येकै एक भएको थियो ।
गत सोमबार सबै ८ जना प्रतियोगीहरुको प्रस्तुति अद्धितिय रहेको थियो । एक पछि अर्को चरणमा झन् झन अद्वितीय प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वभरि छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएता पनि उनी अन्तिम ५ मा भित्र पर्न असफल भइन् ।
अमेरिकी पूर्वीय समयअनुसार डिसेम्बर ५ तारिख राती ८ बजे देखि मंगलबार बिहान ७ बजेसम्म मतदानको समय थियो । परिजिता जन लेजेन्डको टोलीमा थिइन् । उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह