मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

के–ड्रामा हेरेको भन्दै उत्तर कोरियामा दुई किशोरलाई मृत्युदण्ड

बुधबार, २१ मङ्सिर २०७९, ०७ : २८
बुधबार, २१ मङ्सिर २०७९

दक्षिण कोरियाली र अमेरिकी चलचित्र हेरेको भन्दै उत्तर कोरियाले दुई जना माध्यामिक तहका विद्यार्थीलाई मृत्युदण्ड दिएको विवरण सार्वजनिक भएको छ ।  कोरियाली नाटकहरू हेर्न वा वितरण गर्न (के–ड्रामाको रुपमा परिचित)  उत्तर कोरियामा कडा रूपमा निषेध गरिएको छ ।

१६ र १७ वर्षका दुई केटाहरू उत्तर कोरियाको र्याङगाङ प्रान्तको एउटा विद्यालयमा अक्टोबरमा भेटेका र धेरै दक्षिण कोरियाली र अमेरिकी ड्रामा शोहरू हेरेका इन्डिपेन्डेन्टले रिपोर्ट गरेको छ । 

मिररका अनुसार दुई किशोरलाई सहरको एयरफिल्डमा स्थानीयहरूको अगाडि मृत्युदण्ड दिइएको थियो । घटना अक्टोबरमा भएको थियो, तर हत्याको जानकारी गत हप्ता मात्रै बाहिर आएको थियो। सरकारले ती दुई केटाले गरेको अपराध “दुष्ट“ भएको बताएको छ, त्यसैले त्रसित  बासिन्दाहरूलाई मृत्युदण्ड हेर्न लगाइएको थियो ।

गत वर्ष उत्तर कोरियाले किम जोङ उनका पिता किम जोङ इलको पुण्यतिथिमा ११ दिने शोकको घोषणा गरेको थियो । यस अवधिमा नागरिकहरूलाई हाँस्न, किनमेल गर्न वा पिउन अनुमति थिएन।

कोरियाली शोहरूमा सरकारको दमनको एक अंशको रूपमा सन् २०२० मा सरकारले कोरियाली शोहरूमा विदेशी जानकारी लिन प्रतिबन्ध लगाएको थियो । ती शो उत्तर कोरियामा लोकप्रिय हुँदै गइरहेको थियो।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप