शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दमकको माटोमा अम्लियनपनको मात्रा धेरै

बुधबार, २१ मङ्सिर २०७९, ०६ : ४४
बुधबार, २१ मङ्सिर २०७९

झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रै अत्यधिक पाइएको छ । दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो ।  

नगरपालिका, कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताइन् । उनका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ । 

शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा सबै जसोमा समस्या देखिएको थियो । शाखाकी प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्क रुपमा कृषि चुनको वितरण गर्ने गरेको बताइन् । दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ । 

माटोको गुणस्तर सुधारका लागि र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले जानकारी गराइन्। उनले माटोको गुणस्तर सुधार कृषकलाई उन्नत बीउबिजन उत्पादनका लगि सहयोग गरिरहेको उल्लेख गरिन् । माटो तथा मल परीक्षण प्रयोगशालाले माटो परीक्षण गर्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप