शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने

बुधबार, २१ मङ्सिर २०७९, ०६ : ३५
बुधबार, २१ मङ्सिर २०७९

आज पूर्णिमा व्रत रहेको छ । मंसिर महिनाको तिथिले भोलि बिहीबार परे पनि पूर्णिमाको व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ ।  यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ । सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ । 

बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ ।  

पूर्णिमाको व्रत बिहान सूर्योदय भएसँगै सुरु हुने र साँझमा चन्द्रोदय भएसम्म बस्ने गरिन्छ । साँझमा चन्द्रोदयपछि चन्द्रमाको दर्शन गरी व्रत समापन गरिन्छ ।

यसैबीच, मंसिर शुक्ल पूर्णिमा भोलि बिहीबार परेको छ । यसदिन उधौली उधौली पर्व,  धान्यपूर्णिमा र योमरी पुन्हि पनि मनाउने चलन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप