बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डाँफे र मुनाल प्रक्षेपणको तयारी

बुधबार, २१ मङ्सिर २०७९, ०६ : १९
बुधबार, २१ मङ्सिर २०७९

पालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो ।

नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् । तिनको नाम डाँफे र मुनाल राखिएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का प्रवक्ता डा। रवीन्द्रप्रसाद ढकालका अनुसार डाँफे र मुनाल दुईरतीन महिनाको फरकमा आगामी चैत र वैशाखमा प्रक्षेपण हुनेछन् । नेपालमा यस कार्यमा नास्ट र अन्तरिक्ष प्रतिष्ठानको सहकार्य र समन्वय रहेको छ ।

यी दुईवटा स्याटेलाइट निर्माण र उडानको नेतृत्व नास्टका डा। रवीन्द्रप्रसाद ढकाल र अन्तरिक्ष प्रतिष्ठानबाट आभास मास्केले गरेका छन् । 
थाइल्यान्डको इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्स्टेड)सँगको सहकार्यमा तयार भइरहेको डाँफे मिसनका लागि नास्टले एक करोड रुपियाँ बजेट छुट्याएको छ ।

प्रवक्ता डा. ढकालका अनुसार प्रक्षेपणको तयारीमा रहेका दुवैको क्षमता पहिलो स्याटेलाइटको जस्तै रहने जनाइएको छ । प्रवक्ता डा. ढकालले भने, “डाँफे नास्टले नेतृत्व गर्ने मिसन हो, मुनाल विद्यार्थीले बनाएको मिसन हो । यीमध्ये पहिला डाँफे उड्छ ।”

यो मिसनको संयोजन अन्तरिक्ष प्रतिष्ठानका तर्फबाट आभास मास्केले गरे । नास्टले यस मिसनमा आर्थिक, प्राविधिक सहयोग र सहकार्य गरेको छ । “यी दुवै स्याटेलाइटमा अन्य देशको पनि लगानी रहन्छ, त्यसमा नास्टले सहयोग र सहकार्य नै गर्ने हो । यसमा हाम्रो मात्र लगानी र सहयोग हुँदैन ।  यसमा थाइल्यान्ड वा अन्य कुनै देशको पनि सहकार्य रहन्छ,” उनले भेने । यो समाचार गोरखापत्र दैनिकमा छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप