शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा

मङ्गलबार, २० मङ्सिर २०७९, २३ : ३९
मङ्गलबार, २० मङ्सिर २०७९

मोरक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा गोल ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । 

पेनाल्टीमा मोरक्कोका लागि अब्देलामिद साबेरी, हाकिम जियाज र आर्चिफ हाकिमीले गोल गरे । यता स्पेनका लागि पाब्लो साराबिया, कालोर्स कोलेर र सर्जियो बुस्केटले पेनाल्टी मिस गरे । यसअघि खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । 

एजुकेसन सिटी स्टेडियममा दुई टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समयमा थपिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेल्दा खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप