बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा उषा राई हत्या प्रकरण : थप ३ जना आरोपी पक्राउ

मङ्गलबार, २० मङ्सिर २०७९, २१ : ५७
मङ्गलबार, २० मङ्सिर २०७९

सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित अमरघाटमा सामूहिक आक्रमणबाट ज्यान गुमाएकी उषा राईको हत्या आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २६ वर्षीया सुमित्रा राई, धरान उपमहानगरपालिका–१७ घर भएकी २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्ना लिम्बु छन् । यसअघि प्रहरीले अनुसन्धानका लागी उर्मिला राईलाई पक्राउ गरेको थियो ।

कुटपिट भएको ३८ दिनपछि मङ्सिर १३ मा ४२ वर्षीया उषा राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । आरोपीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले रातोपाटीलाई बताए । कुटपिटमा संलग्न थप दुई जना फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप