शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रूर श्रीमान् : जो पत्नीको टाउको प्लास्टिकमा बोकेर भाग्दै थिए !

मङ्गलबार, २० मङ्सिर २०७९, २१ : ५४
मङ्गलबार, २० मङ्सिर २०७९

सुर्खेतमा युवकले पत्नीको वीभत्स हत्या गरेका छन् । पञ्चपुरि नगरपालिका –३ स्थित तोक्मा घर भएका अमर बहादुर आले मगरले हत्या गरेका हुन् । हत्यापछि उनी पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर भाग्दै थिए !

भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ३० वर्षीया मिना आले मगरलाई उनले खुकुरी प्रहार गरेर घाँटी काटेर हत्या गरेका हुन् । टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौक नजिकबाट  प्रहरीले उनलाई पक्राउ गरेको छ । 

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप