क्रूर श्रीमान् : जो पत्नीको टाउको प्लास्टिकमा बोकेर भाग्दै थिए !
मङ्गलबार, २० मङ्सिर २०७९, २१ : ५४
सुर्खेतमा युवकले पत्नीको वीभत्स हत्या गरेका छन् । पञ्चपुरि नगरपालिका –३ स्थित तोक्मा घर भएका अमर बहादुर आले मगरले हत्या गरेका हुन् । हत्यापछि उनी पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर भाग्दै थिए !
भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ३० वर्षीया मिना आले मगरलाई उनले खुकुरी प्रहार गरेर घाँटी काटेर हत्या गरेका हुन् । टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको छ ।
आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण