शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा स्कुल बसको ठक्करले पुजारीको मृत्यु

मङ्गलबार, २० मङ्सिर २०७९, २१ : २४
मङ्गलबार, २० मङ्सिर २०७९

जनकपुरमा स्कुलको बसको ठक्करबाट पुजारीको मृत्यु भएको छ । धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा १ को मुसहरी टोलमा दिउँसो ४ बजे मोनाष्टिक स्कुलको बसले ठक्‍कर दिँदा पुजारीको मृत्यु भएको हो ।

धनुषा जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरका ७५ वर्षीय वृद्ध पुजारीको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मोनाष्टिक माध्यमिक विद्यालयको ना १ क ३१२४ नम्बरको स्कुल बसले बाटो हिँड्दै गरेको जहरा दासलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको धनुषा प्रहरीले बताएको छ ।

बस र बस चालक मनोज मिश्रलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ भने मृतक दासको शव परीक्षणका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखेको धनुषा प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप