बलात्कारको आरोप लागेपछि कपिलवस्तुका न्यायाधीशले दिए ‘चोरी’को उजुरी
कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिमाथि एक जना महिलाले बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी छन् । आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका छन् ।
न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले रातोपाटीलाई बताए । उनले भने–‘महिलाले बलात्कारको उजुरी दिनुभएको छ, दुवै उजुरीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।
पीडित महिलाले सुरुमा दिएको बलात्कारको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो । प्रहरीले जाहेरी दर्ता नगरेपछि ती महिलाले एक साताअघि राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा उजुरी गरिन् । दुवै आयोगले प्रहरीलाई जाहेरी दर्ता गर्न पत्राचार गरेका छन् । न्यायाधीश गिरीले आफूलाई ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको महिलाको आरोप छ । पीडित महिला २०७५ देखी न्यायाधीशसँगै थिइन् ।
आफूविरुद्ध उजुरी गर्ने महिलाविरुद्ध पनि चोरीको आरोप लगाएर न्यायाधीश गिरी लामो बिदामा बसेका छन् । बलात्कार मुद्दाबारे अनुसन्धान गर्न राज्यका विभिन्न निकायबाट लेखेर आएको एसपी बस्नेतले जानकारी दिए । उनले भने–‘प्रारम्भिक अनुसन्धान गर्दै छौँ, अहिले पक्राउ गर्नुपर्ने अवस्था छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण