बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

विष्णु पौडेलको शपथ रोक्न र संसद् जानसमेत नदिन माग
मङ्गलबार, २० मङ्सिर २०७९, २० : ४७
मङ्गलबार, २० मङ्सिर २०७९

रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदान/मतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।

वाणिज्य क्याम्पसको बुथ ज  र बुटवल १२ को चारवटा बुथमा पुनः मतगणना र मतदानको माग गरेका हुन् । उनले विष्णु पौडेलको शपथ रोक्न र संसद् जानसमेत नदिन माग गर्दै रिट दायर गरेको बताए । मतदान र मतगणनाको क्रममा धाँधली भएको उनको दाबी छ ।

‘मतगणनाको क्रममा भएको धाँधली र मतदानको दिन भएको धाँधलीको विरुद्ध पुनः मतगणनासहित पुनः मतदानको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको छु,’ उनले भने, ‘आशा गरौँ अदालतले निष्पक्ष न्याय दिलाई जनताको अभिमत माथि भएको प्रहारलाई गलत साबित गर्ने छ ।’

मङ्सिर ४ गते भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो । चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग एक हजार ३६६ मतले गणेश पौडेल पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप