वाद र विचारभन्दा माथि उठ्न जरुरी छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताएका छन् ।
झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय भएको सन्दर्भमा आज धुलाबारीमा आयोजित आभार समारोहलाई सम्बोधन गर्दै उनले मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरे ।
“लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आ–आफ्नो स्थानबाट योगदान गरिरहनुभएको छ”, उनले भने, “देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ ।”
त्यस्तै नवनिर्वाचित प्रदेशसभा (१) का सदस्य गोपाल तामाङले आफूले गरेका वाचा पूरा गर्ने उल्लेख गर्दै मतदातालाई कहिल्यै निराश नबनाउने उल्लेख बताए । प्रदेशसभा (२) उपविजेता श्यामवीर लिम्बूले चुनावमा हारे पनि जनजीविकासँग जोडिएका हरेक काममा सक्रिय भएर लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी