बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२०० भन्दा बढी चालक ट्राफिक प्रहरीको कारबाहीमा

मङ्गलबार, २० मङ्सिर २०७९, २० : ०६
मङ्गलबार, २० मङ्सिर २०७९

काठमाडौँ उपत्यकामा आज गरिएको विशेष चेकिङमा २८६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता अवदेश विष्ट क्षेत्रीका अनुसार चेकिङका क्रममा बम्पर गार्ड नहटाएका १२ वटा, धुँवा बढी फाल्ने ३ वटा, नम्बर स्पष्ट नभएका ९ वटा, नम्वर प्लेट आकाश तिर फर्केका २ वटा, मदिरा पिएर सवारी साधन चलाउने १ जना र अन्य कसुरमा २६० वटा गरी २८६ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो । 

उनका अनुसार काठमाडौँको नयाँ बसपार्क, सोह्रखुट्टे र स्वयम्भू चोकमा आज सवारी साधनको विशेष चेकजाँच गरिएको थियो । यस्तै, सडकमा पानी चुहाउँदै गाडी चलाउने १० वटा पानी ट्याङकरका चालकलाई पनि ट्राफिक प्रहरीले आज कारबाही गरेको छ ।  चेकिङकै क्रममा सवारी चालक अनुमति पत्र नभएको एउटा पानी ट्यांकरका चालकलाई पनि कारबाही गरिएको छ । 

सवारी साधनमा राखिएको कपडाको झलर, डोरी, रिबन, विभिन्न स्टिकरहरू लगायतका सामाग्री  हटाउन पनि ट्राफिक प्रहरीले सुरु गरेको छ । काठमाडौँको नागढुङ्गामा हिजो र आज गरिएको चेकिङका क्रममा २८ वटा सवारी साधनको अगाडी सिसाको भागमा राखिएका झलर, डोरी, रिबन, लेस, स्टिकर तथा अगाडिको सिसा चर्किएको लगायतका सामाग्रीहरू हटाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप