शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सहुलियतपूर्ण वित्तीय सहयोगका निम्ति श्रीलङ्का योग्य छ’

मङ्गलबार, २० मङ्सिर २०७९, १९ : ४०
मङ्गलबार, २० मङ्सिर २०७९

विश्व ब्याङ्कले अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडीए)बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलङ्काको योग्यता पुगेको बताएको छ । अतिकमजोर आर्थिक परिस्थितिको सामना गरिरहेको टापु राष्ट्रले अवलम्बन गरेका सुधारका कार्यक्रमलाई दृष्टिगत गरी कोलम्बोलाई सहयोगको सूचीमा समावेश गरेको हो । 

देशको अर्थतन्त्रलाई स्थिर बनाउन तथा जीविकोपार्जनको रक्षाका निम्ति आइडीएको सहुलियतपूर्ण वित्तीय सहायता प्राप्तिमा श्रीलङ्काको योग्यतालाई विश्व ब्याङ्कले स्वीकार गरेको राष्ट्रपतिको सञ्चार विभागले जनाएको छ । लामो समयदेखि श्रीलङ्का सरकारले अन्तर्राष्ट्रिय सहायताका निम्ति अनुरोध गर्दै आएको थियो । 

देशको अर्थव्यवस्थालाई स्थित तुल्याउन, गरिबी तथा भोकमरीको सामना गरिरहेका लाखौँको जीविकाको रक्षाका साथै आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन गर्न आइडीएबाट सहुलियत ब्याज दरमा वित्तीय सहयोगको प्रस्ताव प्राप्त भएको हो । देशको अर्थतन्त्र सुधार्न सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई आइडीएमार्फत विश्व ब्याङ्कले प्राविधिक सहयोगका साथै नीतिगत सुझाव र सहुलियतपूर्ण ऋण उपलव्ध गराउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप