बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ

मङ्गलबार, २० मङ्सिर २०७९, १८ : २९
मङ्गलबार, २० मङ्सिर २०७९

सुर्खेतमा आफ्नै श्रीमतीको टाउको रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी रेटेर टाउको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

उनलाई इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वास्थ्य चौकी पछाडिबाट पक्राउ गरेको हो । उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय वावियाचौरवाट १३ जनाको प्रहरी टोली खटिएको थियो । उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ ।  घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । – न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप