शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड ब्याजमा लगानी गर्ने

मङ्गलबार, २० मङ्सिर २०७९, १८ : २३
मङ्गलबार, २० मङ्सिर २०७९

नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले उक्त रकम ३६६ दिनका लागि निक्षेपको रूपमा बैंकमा राख्ने भएको हो । मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ । 

सूचना अनुसार कुल रकम मध्ये १ अर्ब १ करोड ६० लाख रुपैयाँ क वर्गका वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने ख वर्गको विकास बैंकहरुका लागि १९ करोड ५ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थाहरुका लागि ६ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले मङ्सिर २५ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्ममा अनलाइन आवेदन दिन सक्नेछन् । 

यद्यपि, यस्तो निक्षेपका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने राष्ट्र बैंकले सर्त राखेको छ । निक्षेप आगामी पुस १ गतेदेखि २०८० मङ्सिर ३० गतेसम्म राखिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप