प्रदेशसभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत, जनमत तेस्रो
मङ्गलबार, २० मङ्सिर २०७९, १८ : ०६
प्रदेशसभा समानुपातिकतर्फ मधेश प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअुनसार कूल २० लाख ८६ हजार २९८ मतमध्ये कांग्रेसले ४ लाख १४४ मत प्राप्त गरेको छ ।
मधेशमा एमाले ३ लाख ५१ हजार ७६८ मतसहित समानुपातिकतर्फ दोस्रो दल बनेको छ भने पहिलोपटक निर्वाचनमा सहभागी बनेको चन्द्रकान्त राउत सिके नेतृत्वको जनतम पार्टी तेस्रो दल बन्न सफल भएको छ ।
उक्त पार्टीले ३ लाख २९ हजार १७७ मत प्राप्त गरेको छ । यस्तै चौथोमा जनता समाजवादी पार्टी रहेको छ । उसले २ लाख ९८ हजार ७७४ मत ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा