बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर ठगी गर्न खोज्ने पक्राउ

मङ्गलबार, २० मङ्सिर २०७९, १७ : ०९
मङ्गलबार, २० मङ्सिर २०७९

प्रहरीको साइबर ब्यूरोकै नक्कली पेसबुक पेज बनाएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्यूरो नेपाल नामको नक्कली फेसबुक पेज बनाएर सर्वसाधरणलाई झुक्याउन खोज्ने चितवन झुवानीका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो । 

साइबर ब्यूरोका अनुसार महतोले साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याउने र उनीहरूसँग जानकारी बटुलेर ठगी गर्ने अभिप्राय राखेको ब्यूरोले जनाएको छ । 
रत्ननगर नगरपालिका ५ झुवानीका १८ वर्षीय महतोले हालसम्म के कति मानिसलाई झुक्यानमा पारी ठगी गरे भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ब्यूरोले मंगलबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप