निर्वाचन आयोगले गर्याे समानुपातिक सिटको कानुन हेरफेर
मङ्गलबार, २० मङ्सिर २०७९, १६ : ३६

निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो ।
संशोधनअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपता आएको छ । प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम पठाउन तीन दिनको समय पाउने व्यवस्था छ ।
प्रदेशसभातर्फ दलहरूले बन्दसूचीबाट समानुपातिक सिटमा नाम पठाउन सात दिनको समय थियो । सात दिनलाई संशोधन गरेर तीन दिन कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले सिट बाँडफाँड गरी मंगलबार नै नाम पठाउन दलहरूलाई चिठ्ठी लेख्दैछ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म