जनसेवा गर्न समाजवादीमा प्रवेश गरेँ : दीपक मनाङे
मङ्गलबार, २० मङ्सिर २०७९, १६ : २७

मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका छन् । मंगलबार समाजवादीको कार्यालय काठमाडौँमा आयोजित कार्यक्रममा मनाङेलाई महासचिव बेदुराम भुसालले खादा र अवीर लगाएर पार्टीमा औपचारिक रुपमा प्रवेश गराएका घोषणा गरेका हुन् ।
कार्यक्रममा गुरुङको पार्टी प्रवेशबारे लिखित विज्ञप्ति वाचन गरिएको थियो । ‘राजनीति नि:सर्त गरिने जनसेवा हो । नि:सर्त गरिने जनसेवाका लागि एक्लै होइन, संगठन वा पार्टीमा बसेर जानुपर्ने रहेछ । त्यही भएर म नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेँ’, गुरुङले विज्ञप्तिमा भनेका छन् । उनले अब एकीकृत समाजवादी छडेको खण्डमा राजनीति नै नगर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी
-
‘के घर के डेरा : घर नं २’ सेन्सर पास
-
जेल सजाय भोगिरहेका र्यापरमाथि घातक हमला, १४ पटक चक्कु प्रहार
-
महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्यो नेपाल
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला